२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

मकवानपुर मेयर कप च्याम्पियन

रमेशकुमार पौडेल

चितवन — मकवानपुरले भरतपुर मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । रामपुरको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहीबार फाइनलमा मकवानपुरले नवलपुरलाई १ सय ७४ रनले पराजित गरेको हो । मकवानपुरले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता नवलपुरले २० हजार पायो ।

मकवानपुर मेयर कप च्याम्पियन

टस जितेको मकवानपुरले ४० ओभरमा अलआउट हुँदा २ सय २५ रन बनायो । मकवानपुरका ब्याटर विशाल फुँयालले ६९, शुभ कंसाकारले ४३, आकाश घिमिरेले २४ र गौरव खड्काले २० रन बनाए । नवलपुरका कमल परियारले ४९ रन खर्चिंदै ६ विकेट लिए । विशाल पौडेल, अप्रजित पौडेल, रिजन काफ्ले र प्रशान्त आचार्यले १–१ विकेट लिए ।

२ सय २६ रनको लक्ष्य पछ्याएको नवलपुर १६.४ ओभरमा ५१ रनमै अलआउट भयो । शुभम खरेलले १३ र दीपक डुम्रेले ११ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । रिजन ढकालले ७, रामनरेश गिरी र विपुल खनालले १–१ विकेट लिए ।

प्लेयर अफ द म्याच मकवानपुरका रिजन ढकाल भए । उत्कृष्ट खेलाडी उनै रिजन भए । मकवानपुरकै शुभ कंसाकार उत्कृष्ट ब्याटर र नवलपुरका कमल परियार उत्कृष्ट बलर घोषित भए ।

विजेतालाई समापन भरतपुर महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख महेन्द्र पौडेल र खेलकुद शाखाका प्रमुख शिवप्रसाद ढुंगानाले पुरस्कृत गरे ।

नारायणी एडभरटाइजिङका अध्यक्ष राजु चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले क्रिकेटबारे मन्तव्य राखे ।

प्रकाशित : चैत्र १७, २०७८ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?