कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

महिला फुटबलमा कीर्तिमानी दर्शक

एएफपी

बार्सिलोना — बार्सिलोना र रियल म्याड्रिडको महिला टिमबीच बुधबार क्याम्प नुमा भएको खेललाई कीर्तिमानी दर्शक संख्याले हेरेका छन् । च्याम्पियन्स लिग क्वाटरफाइनल दोस्रो लेगका लागि भएको यस खेलमा बार्सिलोलना ५–२ ले विजयी रह्यो ।

महिला फुटबलमा कीर्तिमानी दर्शक

यसलाई ९१ हजार ५ सय ५३ दर्शकले प्रतक्ष्य रंगशालामा हेरेका थिए । यो जितसँगै बार्सिलोनाले सेमिफाइनल प्रवेशका लागि निर्णायक ८–३ को अग्रता पनि लिन सफल रह्यो ।


यस अगाडि सन् १९९९ को महिला विश्वकपको फाइनलमा अमेरिका र चीन रोज बाउलमा भिड्दा ९० हजार १ सय ८५ दर्शकले हेरेका थिए । क्लब स्तरमा भने सन् २०१९ मा बार्सिलोना र एटलेटिको म्याड्रिडबीचको खेल ६० हजार ७ सय ३९ दर्शकले हेरेका थिए ।


प्रकाशित : चैत्र १७, २०७८ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?