कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट

इजिप्टलाई हराउँदै सेनेगल पनि छनोट

काठमाडौँ — पोर्चुगल र पोल्यान्ड मंगलबार कतारमा यसै वर्ष हुने विश्वकपका लागि छनोट भएका छन् । युरोपेली प्ले अफमा पोर्चुगलले नर्थ मेसेडोनिया र पोल्यान्डले स्विडेनलाई समान २–० ले हरायो ।

पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट

पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । नर्थ मेसेडोनियाले यसअगाडि इटालीलाई पराजित गरेको थियो । नर्थ मेसेडोनियासँगको हारसँगै विश्वविजेता इटाली विश्वकप छनोट चरणबाटै बाहिरिएको थियो ।

पोल्यान्डको जितमा भने रोबर्ट लेवनडोस्कीले पेनाल्टीबाट पहिलो गोल गरेपछि पिटर जिलिन्स्कीले दोस्रो गोल थपे ।अफ्रिकाबाट भने त्यहाँको च्याम्पियन सेनेगल, क्यामरुन, घाना, मोरक्को र ट्युनिसिया विश्वकपका लागि छनोट भएका छन् ।

साडियो मानेले टाइब्रेकरमा गोल गरेपछि सेनेगलले इजिप्टलाई हराएर विश्वकपको टिकट काटेको हो ।

प्रकाशित : चैत्र १६, २०७८ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×