कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

पीएम कपको उपाधि भारतको हरियाणालाई

रुपा गहतराज

नेपालगन्ज — आठौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि भारतको हरियाणा स्पोर्टस् क्लबले हात पारेको छ ।

पीएम कपको उपाधि भारतको हरियाणालाई

नेपालगन्जस्थित कभर्डहलमा सोमबार उपाधिका लागि भएको प्रतिस्पर्धामा हरियाणाले विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

प्रतिस्पर्धात्मक बनेको पहिलो सेट हरियाणाले २६–२४ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । १८-२४ को अवस्थामा लगातार ६ अंक जोड्दै २४–२४ को बराबरीमा ल्याए पनि पुलिसले अग्रता लिन सकेन् ।

दोस्रो सेटमा कडा चुनौती पेश गरे पनि पुलिसले हरियाणालाई २१-२४ को अन्तरमा पराजित गर्‍यो । तेस्रो सेटमा पुलिसले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा हरियाणासँग पराजित हुन पर्‍यो ।

हरियाणाले तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै उपाधि चुम्न सफल बन्यो । सुरुवातमा पछि परेको हरियाणाले १५-१५ को बराबरीबाट पुनरागमन जित निकाल्न सफल भएको हो ।

प्रकाशित : चैत्र १४, २०७८ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?