नेपाल चोनबुरीसँग पराजित

काठमाडौँ — थाइल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिम त्यहाँको थाइ लिग वान क्लब चोनबुरी एफसीसँग ३–१ ले पराजित भएको छ । नेपालले अनन्त तामाङको नेतृत्वमा यस खेलमा दोस्रो रोजाइका खेलाडी उतारेको थियो ।

चोनबुरीको घरेलु मैदानमा भएको खेलमा नेपालका तर्फबाट दर्शन गुरुङले एक गोल फर्काए । पहिलो हाफमा चोनबुरी एक गोलले अगाडि रहेको थियो । यसअघि नेपाल थाइल्यान्डविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २–० ले पराजित रहेको थियो ।

एसियाकप तेस्रो चरणको छनोटका तयारीका लागि नेपालले थाइल्यान्ड भ्रमण गरेको हो । छनोटमा नेपाल कुवेत, इन्डोनेसिया र जोर्डनको समूह ए मा रहेको छ ।

प्रकाशित : चैत्र १३, २०७८ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?