कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३६

रूपन्देही सुपर लिगको उपाधि एमसीसीलाई

लुम्बिनी — मेलबर्न क्रिकेट क्लब (एमसीसी) ले शनिबार टेलिकम रूपन्देही सुपर लिगको उपाधि जितेको छ । फाइनल खेलमा एमसीसीले बुद्ध क्रिकेट क्लबलाई ९ विकेटले हराएर नवौं उपाधि जितेको छ ।

रूपन्देही सुपर लिगको उपाधि एमसीसीलाई

विजेताले ८० हजार र उपविजेताले ४० हजार पुरस्कार प्राप्त गरे । सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेको बुद्धले ५० ओभरमा ११.५ ओभरमा सबै विकेट गुमाई २८ रनमात्रै बनायो । अजय त्रिपाठीले १० रन बनाए । एमसीसीका रमेश कुर्मीले ७ रन खर्चेर ६ विकेट लिए । सन्तोष यादवले ३ र शिवकुमार मौर्यले १ विकेट लिए । एमसीसीले ७ ओभरमा १ विकेट गुमाई २९ रन बनाएर जित निकाल्यो । सुशान्त थापाले १५ र विजय प्रजापतीले ८ रन बनाए । बुद्धका विपिन खत्रीले एक विकेट लिए । रमेश कुर्मी म्यान अफ द म्याच भए ।

एमसीसीका रोशनलाल गुप्ता म्यान अफ द सिरिज र बेस्ट बलर भए । उनले २० हजार प्राप्त गरे । एमसीसीकै विजय प्रजापती बेष्ट ब्याटर र उदीयमान खेलाडी घोषित भए । उनले १० हजार पाए ।

३१ दिन चलेको लिगमा रूपन्देहीका २० टिमको सहभागिता थियो । प्रतिस्पर्धी टिमले जिल्लाबाहिरका ३–३ खेलाडी सहभागी गराउन पाउने नियम थियो । ५० ओभरको २ डिभिजनमा समूह विभाजन गरी खेलाइने यस्तो लिग रूपन्देहीबाहेक अन्यत्र नहुने रूपन्देही क्रिकेट संघका सचिव सञ्जय गुरुङले दाबी गरे ।


प्रकाशित : चैत्र १२, २०७८ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×