२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

आर्मी र पुलिस फाइनलमा

धनगढी — त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब धनगढीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल भिड्ने भएका छन् ।

आर्मी र पुलिस फाइनलमा

शुक्रबार सेमिफाइनलमा आर्मीले विभागिय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३–१ को सेटले हरायो । आर्मीले २५–२१, २५–१६ ले लगातार दुई सेट आफ्नो पक्षमा पारे पनि तेस्रो सेट २४–२६ ले गुमायो । चौथो सेटमा लय समात्दै २५–१८ ले सेट आफ्नो पक्षमा पार्दै आर्मी फाइनल पुगेको हो । म्यान अफ द म्याच आर्मीका मानबहादुर श्रेष्ठ भए ।

अर्को सेमिफाइनलमा पुलिसले गण्डकी प्रदेशलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा रोक्यो । २५–१६, २५–१९ ले लगातार दुई सेट जितेको पुलिसले त्यसपछि दुई सेट गुमायो । २२–२५, २३–२५ ले सेट गुमाएपछि खेल पाँचौं तथा निर्णायक सेटमा पुग्यो । उक्त सेट पुलिसले १५–१२ ले जित्दै फाइनल पक्का गर्‍यो । म्यान अफ द म्याच पुलिसका रविन चन्द भए ।

फाइनल शनिबार बिहान हुने आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ । विजेताले ४ लाख, उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित : चैत्र १२, २०७८ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?