कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एकदिवसीय अन्तर्राष्ट्रियमा शतक हान्ने दोस्रो नेपाली खेलाडी बने रोहित

काठमाडौँ — रोहित पौडेल एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक हान्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । रोहितले शुक्रबार पपुवा न्यु गिनीविरुद्ध शतक हानेका हुन् । उनले ९१ बलमा सय रन पूरा गरेका हुन् । ९६ बलमा ७ चौका र ३ छक्कासहित रोहित ११० रन बनाएर खेलिरहेका छन् । 

एकदिवसीय अन्तर्राष्ट्रियमा शतक हान्ने दोस्रो नेपाली खेलाडी बने रोहित

यसअघि नेपालका लागि पारस खड्काले सन् २०१९ जनवरी २८ मा शतक प्रहार गरेका थिए । यसअघि एकदिवसीय अन्तर्राष्ट्रियमा शतक हान्ने रेकर्ड उनको नाममा मात्र थियो । यूएईविरुद्ध पारसले १०९ बलमा ११५ रन बनाएका थिए ।

प्रकाशित : चैत्र ११, २०७८ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×