जापान र साउदी अरेबिया विश्वकपमा छनोट

एएफपी

सिड्नी — सब्टिच्युट कोरु मितोमाले खेलको अन्त्यतिर दुई गोल गरेपछि जापानले बिहीबार अस्ट्रेलियालाई २–० ले हराएर विश्वकपका लागि लगातार सातौं पल्ट छनोट भएको छ । यो जितले साउदी अरेबिया पनि विश्वकपमा छनोट भएको छ ।

जापान र साउदी अरेबिया विश्वकपमा छनोट

अस्ट्रेलियाका लागि यो निकै ठूलो धक्का रहेको छ र अब उसले कतारमा हुने विश्वकपमा छनोट हुनका लागि कठिन प्ले अफको बाटोबाट गुज्रिनु पर्नेछ । सिड्नीमा भएको खेल गोलरहित बराबरीतर्फ अग्रसर भइरहेको बेला मितोमाले ८९ औं मिनेटमा नजिकको दूरीबाट गोल गरे ।

लगतै इन्ज्युरी समयमा उनले दोस्रो गोल थपे र यससँगै जापानी टिममा खुसीयाली छाएको छ । यो जितपछि जापान समूह बी को छनोटमा २१ अंकसहित शीर्ष स्थानमा रह्यो र अस्ट्रेलियाको भन्दा छ अंक बढी हो । साउदीको भने १९ अंक छ ।


प्रकाशित : चैत्र १०, २०७८ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?