कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नेपालले आज थाइल्यान्डको सामना गर्दै

हिमेश

काठमाडौँ — एसिया कप छनोट तेस्रो चरणको तयारीमा रहेको नेपालले बिहीबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डको सामना गर्दैछ ।  नेपालले सन् १९८७ यता तीन दशकको अन्तरमा थाइल्यान्डविरुद्ध खेल्न लागेको हो ।

नेपालले आज थाइल्यान्डको सामना गर्दै

सन् १९८७ मा नेपालले ओलम्पिक छनोटका क्रममा थाइल्यान्डविरुद्ध दुई खेल खेलेको थियो, जसमा नेपाल दुवैमा पराजित रहेको थियो । थाइल्यान्डविरुद्धको आजको खेल नेपालका लागि तेस्रो हुनेछ । बैंककमा भएका ती दुई खेलमा नेपाल ३–० र २–१ ले पराजित रहेको थियो । त्यसमा नेपालका लागि एक गोल गर्ने खेलाडी मणि शाह रहेका छन् ।

खेल अगाडि आयोजित प्रि म्याच पोस्ट कन्फ्रेन्समा नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्यान्डमा बटुल्न अनुभव एसियाकप छनोटका लागि निकै उपयोगी हुने बताएका छन् । उनले भनेका छन्, ‘थाइल्यान्ड र नेपालको हावापानी केही मिल्दोजुल्दो छ । थाइल्यान्डका सबै खेलाडी उत्तिकै क्षमताका छन् ।’

अल्मुताइरीले नेपाली टिम सम्हालेयता आफू पहिलो पल्ट थाइल्यान्ड आएको छ र टिमको तायरीमा आफू सन्तुष्ट रहेको पनि बताए । यस्तै नेपाली टिमका कप्तान किरण लिम्बूले थाइल्यान्डको सामना गर्नेक्रममा एसियाकप छनोट अगाडि रहेका कमजोरी सुधार्ने बताए । उनले भनेका छन्, ‘थाइल्यान्डविरुद्धको खेलका लागि हामी सबै उत्साहित छौं ।’

खेल थाइल्यान्डको चोनबरीमा हुनेछ । नेपाली समयअनुसार साँझ ५:४५ मा खेल सुरु हुनेछ ।

प्रकाशित : चैत्र १०, २०७८ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×