पुलिस र आर्मी सेमिफाइनलमा

धनगढी — धनगढीमा भइरहेको मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेका छन् । बुधबार दुवै टोली जित निकाल्दै अन्तिम चारमा पुगे । आर्मीले प्रदेश १ टिमलाई २५–१७, २५–२१, २५–९ को सोझो सेटले हरायो । खेलका म्यान अफ द म्याच आर्मीका दुर्गा खड्का भए ।

पुलिस र आर्मी सेमिफाइनलमा

अर्को खेलमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई २५–८, २५–९, २५–१५ को सेटले पराजित गरेको थियो । खेलका म्यान अफ द म्याच पुलिसका हिम राना भए ।

बुधबारै बिहान घरेलु टोली सुदूरपश्चिम वाग्मती प्रदेशलाई पराजित गर्दै समूह विजेता भएर क्वाटरफाइनल पुगेको छ । सुदूरले वाग्मतीलाई ३–१ को सेटले हरायो । २५–१६, २५–२३, १६–२५, २५–२२ ले नतिजा निकालेको हो । म्यान अफ द म्याच सुदूरपश्चिमका सन्तोष महता भए । वाग्मती पनि समूह उपविजेता बन्दै अन्तिम ८ मा पुगेको थियो ।

बिहीबार सुदूरपश्चिमले एपीएफ र वाग्मतीले गण्डकी प्रदेशसं‘ग सेमिफाइनल पुग्नका लागि खेल्नेछन् ।

विजेताले ४ लाख, उपविजेताले २ लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित : चैत्र ९, २०७८ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?