कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जितपुर सिमरा गोल्डकप बिहीबारदेखि 

लक्ष्मी साह

बारा — बाराको सिमरा रंगशालामा बिहीबारदेखि सुरु हुने जितपुरसिमरा गोल्ड कपको तयारी पूरा भएको छ । १२औं संस्करणको यो प्रतियोगिता चैत १९ मा समापन हुनेछ ।

जितपुर सिमरा गोल्डकप बिहीबारदेखि 

‘ए’ डिभिजनका पाँचसहित प्रतियोगितामा १० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा साविक विजेता संकटा क्लब, एनआरटी क्लब, हिमालयन शेर्पा, फ्रेण्ड्स क्लब, एपीएफ एफसी, सुदुरपश्चिम ११, बिएफसी चितवन, बिजय युथ हेटौंडा, वाग्मती युवा क्लब र आयोजक नव जनजागृति युवा सहभागी हुनेछन् ।

उद्घाटन खेल फ्रेन्ड्स क्लब र सुदूरपश्चिम ११ बीच हुनेछ । फल्ड लाइटमा हुने डे–नाइट प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख पाउनेछन् । आयोजकले यस वर्ष प्रथम पुरस्कार राशीमा तीन लाख र द्वितीय पुरस्कारमा एक लाख पचास हजार बढाएको छ । ११ औं संस्करणमा प्रथम पुरस्कार सात लाख र द्वितीय पुरस्कार तीन लाख पचास हजार थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल वा स्कुटर पाउने अध्यक्ष लामाले जानकारी दिए । उत्कृष्ट खेल प्रदर्शन गर्ने विद्यागत पुरस्कारतर्फ गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षकले जनही २० हजार नगद पुरस्कार पाउने छन् । यस वर्षपनि उदीयमान स्थानीय खेलाडीलाई १५ हजार नगदले पुरस्कृत गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित : चैत्र ९, २०७८ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?