कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४४
मुुख्यमन्त्री कप राष्ट्रिय भलिबल

आर्मी र सुदूरपश्चिम विजयी

धनगढी — मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेका छन् । धनगढीमा सोमबार सुरु प्रतियोगिताको उदघाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई २५–१८, २५–१०, २५–१६ को सेटमा हरायो । दोस्रो खेलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई २५–१७, २५–२२, २५–२२ को सोझो सेटले रोक्यो ।

आर्मी र सुदूरपश्चिम विजयी

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताको सुदूरपश्चिम मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे । परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहका अनुसार चैत १२ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीको सहभागिता रहनेछ । विजेताले ४ लाख, उपविजेताले २ लाख, तेस्रो हुने टोलीले १ लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार रुपैयाँ गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीले २० हजार तथा उदीयमान खेलाडी, विधागत उत्कृष्टहरू लिफ्टर, स्पाइकर, ब्लकर, डिफेन्स, सर्भर र प्रशिक्षकले जही १० हजार पाउनेछन् ।

प्रकाशित : चैत्र ८, २०७८ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×