कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

रुपन्देही सुपर लिग : वेस्टर्नले शंकरनगरलाई ११३ रनले हरायो

सन्जु पौडेल

तिलोत्तमा — भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी रुपन्देही सुपर लिगअन्र्तग डिभिजन ‘ए’को बिहीबारको खेलमा वेस्टर्न क्रिकेट क्लबले शंकरनगर क्रिकेट क्लबलाई १ सय १३ रनले पराजित गरेको छ ।

रुपन्देही सुपर लिग : वेस्टर्नले शंकरनगरलाई ११३ रनले हरायो

टस जितेर पहिले ब्याटिङ गरेको वेस्टर्नले निर्धारित ५० ओभरको खेलमा सम्पूर्ण विकेट गुमाउँदै २ सय ६३ रनको योगफल बनाएको थियो ।

वेस्टर्नका लागि विक्रम भुसालले ६५, नरेन साउदले ४९, अनिल खरेलले ४१ र राहुल कुमारले ३५ रनको योगदान गरे । बलिङतर्फ शंकरनगरका विशाल विक्रम केसीले ४ र ओम सारु मगरले २ विकेट लिए ।

२६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको शंकरनगरले २८.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ५० रन मात्रै बनायो । उसका लागि ओम सारु मगरले ४६, जगत क्षेत्रीले नटआउट २० र विष्णु पाण्डेले १९ रन जोडे ।

बलिङतर्फ वेस्टर्नका अनिल खरेलले ७ ओभरमा २ मेडन राख्दै १९ रन खर्चिएर ५ विकेट लिए । त्यस्तै विक्रम भुसालले ३ र प्रतिश जिसीले २ विकेट लिए । अनिल खरेलले म्यान अफ द म्याच भई १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

प्रकाशित : चैत्र ३, २०७८ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×