कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देही सुपर लिग : बुटवल–११ विजयी

सन्जु पौडेल

तिलोत्तमा — भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगअर्न्तगत डिभिजन ‘ए’को बुधबारको खेलमा बुटवल–११ क्रिकेट क्लबले जित निकालेको छ । उसले तिलोत्तमा क्रिकेट क्लबलाई ५६ रनले पराजित गरेको हो ।

रुपन्देही सुपर लिग : बुटवल–११ विजयी

सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको बुटवल–११ ले निर्धारित ५० ओभरको खेलमा ३९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५६ रनको योगफल बनायो । उसका लागि विवेश खातीले ४३, विवेक शर्माले २७ तथा इशान पाण्डे र अविषेक ठाकुरले समान २६–२६ रनको योगदान दिए । बलिङमा तिलोत्तमाका अमरसिंह रौतेल र कृष्ण पराजुलीले समान ३–३ तथा कृष्ण कार्कीले २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको तिलोत्तमा ३७ ओभरमा सबै विकेटको नोक्सानीमा १०० रनमै समेटियो । उसका लागि कृष्ण भुसालले २३, भुवन गैरेले २० र अमरसिंह रौतेलले १४ रन बनाए । तिलोत्तमालाई सस्तैमा रोक्न बलिङमा बुटवल–११ का सुभम घमालले ४, सोनु तामाङले ३ र इशान पाण्डेले २ विकेट लिए । सुभम घमाल म्यान अफ द म्याच बने ।


प्रकाशित : चैत्र २, २०७८ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?