कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बेदबहादुरलाई पाँचौँ अल्ट्रा म्याराथनको उपाधि 

सम्झना रसाइली

तनहुँ — पाँचौँ व्यास नगर अल्ट्रा म्याराथन–२०७८ को उपाधि रामेछापका बेदबहादुर सुनुवारले जितेका छन् । नेपाल आर्मीमा आबद्ध सुनुवारले व्यास–५ स्थित मानहुँकोटदेखि व्यास–८ स्थित सहिदगाउँ पुलिमराङसम्मको ४४ किलोमिटरको दूरी २ घण्टा ५८ मिनेटमा पार गरी प्रथम हुन सफल भएका हुन् ।

बेदबहादुरलाई पाँचौँ अल्ट्रा म्याराथनको उपाधि 

‘पर्यटकीय ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नगरिपालिकाको अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको म्याराथनमा १८६ जना धावकहरुको सहभागिता रहेको थियो । उक्त म्याराथनमा मोहनदेव जोशी द्वितीय र नवराज साउथ तृतीय भएका छन् । उनीहरुले उक्त दूरी क्रमश ३ घण्टा ५ मिनेट र ३ घण्टा ९ मिनेटमा पार गरेका थिए ।

प्रतियोगितामा प्रथमलाई ८५ हजार ७८ द्वितीयलाई ६५ हजार ७८, तृतीयलाई ५५ हजार ७८ रुपैयाँ मेडल र प्रमाणपत्र पुरस्कृत गरिएको थियो ।

गत वर्ष म्याराथन नेपाली सेनाकै कालिकोटका देवराज महतराले जितेका थिए । उनले ४४ किमि दूरी ३ घण्टा ३ मिनेट ५१ सेकेण्डमा पार गरेका थिए भने प्रतियोगितामा सोलुखुम्बुका सुमन कुलुङ द्वितीय र रामेछापका सुनुवार तृतीय भएका थिए ।

हरेक वर्ष सहिद दिवसको दिन आयोजना हुने व्यास नगर अल्ट्रा म्याराथन कोरोनाको कहरले स्थागित भएको थियो ।

प्रतियोगिता पर्यटकीय क्षेत्र मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट– पृथ्वीराजमार्ग हुँदै दुर्गामन्दिर–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक व्यास मार्ग हुँदै बैरेनी कुमालटारी–कलेस्ती–बोटेटार–पाथ्रा–सत्रसय–कालिकामार्ग हुँदै बानियाँ डिही–बर्लाछी–सोतीबेसी–बगुवा रिस्ती–बाहुन पोखरा गाडापानी हुँदै शहिद गाउँ पुलिमराङमा पुगेर सम्पन्न भएको थियो ।

प्रकाशित : फाल्गुन २८, २०७८ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×