कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

तीर्थ र अनिताले जिते अल्ट्रा म्याराथन

कुम्भराज राई

ओखलढुंगा — थोलेदेम्बा–पोकली ४२ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि तीर्थबहादुर तामाङ र अनिता राईले जितेका छन् । उक्त म्याराथनमा पुरुषतर्फ तीर्थले ४ घण्टा ४ मिनेटमा निर्धारित दुरी पार गरेका थिए । महिलातर्फ अनिताले ५ घण्टा ३७ मिनेट लगाएकी थिइन् ।

तीर्थ र अनिताले जिते अल्ट्रा म्याराथन

सोलुखुम्बुका अर्जुन कुलुङ दोस्रो र भोजपुरका उमेश राई तेस्रो भए । रुकुम पश्चिमका दुर्गा बुढामगर चौथो भए । महिलातर्फ सोलुखुम्बुकी अनिता राई दोस्रो र रोल्पाकी आश्मा विश्वकर्मा तेस्रो भए । ओखलढुंगाकी पदमकुमारी सुनुवार चौथो भइन् ।

जिल्लाकै सबैभन्दा अग्लो स्थान थोलेदेम्बाको शीर ३ हजार ३ सय ५० मिटर उचाइबाट सुरु भएको दौड पिके–पिकको फेदी हुँदै पात्ले, खिजिफलाँटे, रगनी, पोकली झरनामा आएर टुंगिएको थियो । खिजिदेम्बा गाउँपालिकाले आयोजना गरेको म्याराथन ओखलढुंगा पर्यटन विकास समिति तथा लिखु गाउँपालिकाले साथ रहेको थियो ।

पहिले सोलुखुम्बुको पिकेदेखि थोलेदेम्बा, खिजिफलाँटेसम्म दौडिने रुट थियो । कोभिडका कारण रोकिएको यो म्याराथन तेस्रो संस्करण हो । यसवर्ष भने पोकली झरनालाई पनि पर्यटकीय रूपले प्रवद्र्धन हुने गरी रुट परिवर्तन गरिएको आयोजकले जनाएको छ ।

दुवै विजेताले जनही ६० हजार, उपविजेताले ४५ हजार, तेस्रो हुनेले ३० हजार र चौथोले १५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितमा ६३ खेलाडी सहभागी थिए । अतिथिका रूपमा अल्ट्रा म्याराथन धाविका मीरा राईको उपस्थिति थियो । म्याराथनले ओखलढुंगाको पर्यटनमा टेवा पुर्‍याएको ओखलढुंगा पर्यटन विकास समितिका अध्यक्ष तथा पर्यटन बोर्डका सदस्य रहेका दावा ङिमा शेर्पाले बताए ।

प्रकाशित : फाल्गुन २१, २०७८ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×