कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं रेजर्समा बालगोपाल र विकेशलाई निरन्तरता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल सुपर लिग (एनएसएल) को डिफेन्डिङ च्याम्पियन काठमान्डु रेजर्सले आफ्नो प्रशिक्षकमा बालगोपाल महर्जन र मार्की प्लेयरमा विकेश कुथुलाई निरन्तरता दिएको छ ।

काठमाडौं रेजर्समा बालगोपाल र विकेशलाई निरन्तरता

काठमाडौं रेजर्सले बिहीबार आयोजित कार्यक्रमबीच उनीहरूलाई अनुबन्ध गरेको हो ।

टिमका निर्देशक विज्ञान शर्माले उनीहरूसँग अनुबन्धमा हस्ताक्षर गरे । काठमान्डु रेजर्सले गत वर्ष आयोजित पहिलो संस्करणको एनएसएल जितेको थियो । यसपल्टको प्रतियोगिताका चैत २६ देखि जेठ ७ सम्म आयोजना हुँदैछ ।

यसपल्टको प्रतियोगितामा सहभागी टिमको संख्या बढाएर १० पुर्‍याएको छ र खेल पोखरा तथा काठमाडौंमा गरेर दुई सहरमा हुनेछ । अनुबन्धका अवसरमा प्रशिक्षक र मार्की प्लेयर दुवैले आफूले जितेको उपाधिको रक्षाका लागि पूरा प्रयास गर्ने दाबी गर्दै त्यसका लागि आफ्नो टिम सक्षम हुने विश्वास पनि पोखे ।

प्रकाशित : फाल्गुन १९, २०७८ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?