कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गल्फमा राजकुमारको अग्रता

कान्तिपुर संवाददाता

धरान — स्थानीय गल्फर राजकुमार राईले एनसेल बाह्रखरी गल्फ प्रतियोगितामा शुक्रबार पहिलो दिनमा अग्रता लिएका छन् ।

गल्फमा राजकुमारको अग्रता

धरान गल्फ क्लबमा सुरु प्रतियोगिताको पा“चौं संस्करणमा राजकुमारले पहिलो दिन ४१ स्कोर गर्दै अग्रता लिए । दुई ह्यान्डी क्यापमा खेलेका उनले चार बर्डी र एक बोगी खेले । जसका कारण उनलाई बेस्ट ग्रस र मोस्ट बर्डीको दाबेदार बनाएको छ ।

धरानकै सुयश प्याकुरेल ३७ स्कोरका साथ दोस्रो स्थानमा छन् । पोखराका हरि राई, धरानकै राम तामाङ र विनोद राई ३५ स्कोरसहित संयुक्त तेस्रो स्थानमा छन् ।

महिलातर्फ काठमाडौंकी गल्फर सुष्मासिंह शाह ३९ स्कोरसहित अगाडि छन् । दोस्रो स्थानमा रहेकी धरानकी सुमित्रा लिम्बुले ३७ स्कोर गरेकी छन् ।

क्लोजेस्ट टु दी पिनतर्फ धरानका बुद्धिमान सुनुवार होलको ६ फिट नजिक राख्न सफल भएर अगाडि बढेका छन् । सिद्धार्थ राईले लङगेस्ट ड्राइभमा अग्रता बनाएका छन् ।

स्टेबलफोर्ड फर्म्याटमा ३/४ ह्यान्डी क्यापमा खेलाइएको प्रतियोगितामा पहिलो दिन ५२ खेलाडीले खेलेका थिए । त्यसमा पाँच महिला खेलाडीले प्रतिस्पर्धा गरे । दोस्रो दिन शनिबार ४५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : फाल्गुन १३, २०७८ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×