कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिड्समाथि लिभरपुलको ६ गोल

एजेन्सी

लन्डन — इंग्लिस प्रिमियर लिगमा लिभरपुलले बुधबार रातिको खेलमा लिड्स युनाइटेडलाई ६–० ले पराजित गरेको छ । एनफिल्डमा प्राप्त यस जितपछि लिभरपुलले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको दुरी तीन अंकमा छोट्याएको छ ।

लिड्समाथि लिभरपुलको ६ गोल

सिटीको ६३ अंक छ भने लिभरपुलको ६० अंक भएको छ । अब योगर्न क्लोपको लिभरपुलले शनिबार लिग कपको फाइनलमा चेल्सीको सामना गर्नेछ । लिड्सविरुद्ध भने मोहमद सलाह र साडियो मानेले दुई–दुई गोल गरे ।

यस्तै, जोएल माटिप र भर्जिल भान डाइकले एक –एक गोल गरे । बुधबारकै अन्य खेलमा बर्नलीले टोटनहमलाई १–० ले हरायो भने क्रिस्टल प्यालेस वाटफोर्डमाथि ४–१ ले विजयी रह्यो ।

प्रकाशित : फाल्गुन १२, २०७८ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?