कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश गरेकोमा नेपाली टिमलाई प्रधानमन्त्रीको बधाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली क्रिकेट टोलीले क्यानडालाई जित्दै 'टी-२० विश्वकप छनोट'को सेमिफाइनलमा प्रवेश गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।

विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश गरेकोमा नेपाली टिमलाई प्रधानमन्त्रीको बधाइ

ओमानको मस्कटमा सोमबार भएको खेलमा नेपालले क्यानडालाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । नेपालको जितलगत्तै प्रधानमन्त्री देउवाले खुसी व्यक्त गर्दै नेपाली टिमलाई आगामी खेलका लागि शुभकामना दिएका छन् ।

उनले नेपाली टोलीको तस्बिर पोस्ट गर्दै ट्वीटरमार्फत् बधाइ तथा शुभकामना दिएका हुन् । प्रधानमन्त्री देउवाले ट्वीटरमा लेखेका छन्, 'क्यानडाविरुद्ध जित निकाल्दै टी २० विश्वकप ग्लोबल छनोटको सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाइ । भोलि (मंगलबार) हुने सेमिफाइनलमा पनि विजयी हुँदै नेपाललाई विश्वकपमा छनोट गराउन सफल हुनुहुनेछ भन्ने सुवेच्छासहित सम्पूर्ण टिमलाई शुभकामना व्यक्त गर्दछु।'

मस्कटमा मंगलबार दिउँसो नेपाल फाइनलका लागि यूएईसँग प्रतिस्पर्धा गर्दैछ । मंगलबारको सेमिफाइनलमा यदी नेपालले यूएईलाई हरायो भने नेपाल स्वत: टी-२० विश्वकपका लागि छनोट हुनेछ ।

प्रकाशित : फाल्गुन ९, २०७८ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?