२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

जीतपुर सिमरा गोल्डकप चैतमा

लक्ष्मी साह

बारा — बाराको सिमरामा हरेक वर्ष आयोजना गरिने जीतपुर सिमरा गोल्डकपको १२ औं संस्करणको खेल चैतको दोस्रो सातादेखि हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लबले शनिबार सिमरामा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । खेल फ्लड लाइटमा आयोजना हुने आयोजकले जनाएको छ ।

जीतपुर सिमरा गोल्डकप चैतमा

सिमरा रंगशालामा आयोजना हुने प्रतियोगिता ६ ‘ए’ डिभिजन क्लब, आयोजक र मोफसलका तीन गरी १० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र ग्याम्दाङले जानकारी दिए ।

चैत १० देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल सहित विभिन्न विधामा उत्कृष्ट प्रदर्शन खेलाडीलाई जनही २० हजारका दरले पुरस्कृत गर्ने आयोजक क्लबका अध्यक्ष ग्यामदाङले बताए ।

२०६६ बाट सुरु भएको प्रतियोगिताको उपाधि संकटा क्लब, त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दी क्लबले दुई–दुई पटक जितिसकेका छन् । यसैगरी आयोजक सिमरा, थ्रीस्टार, विजय युथ क्लब हेटौंडा, हिमालयन शेर्पा र मजदुर सहिद स्मृति क्लबले एक–एक पटक उपाधि उचालेका थिए । जीतपुरसिमरा उपमहानगरपालिकाको मूख्य सहयोगमा सञ्चालन हुने प्रतियोगिताका लागि उपमहानगरले २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

यस्तै रंगशालाको पूर्वाधार मर्मत एवं फ्लड लाइट व्यवस्थापनका लागि उपमहानगरपालिकाले थप २० लाख रुपैयाँ सहयोग गरेको क्लबले जनाएको छ । कार्यक्रममा क्लबका अध्यक्ष ग्यामदाङ, उपमहानगरकी उपप्रमुख सरस्वती चौधरी, क्लबका उपाध्यक्ष शंकर थापा, पूर्वअध्यक्ष कासीम मियाँ, राजकुमार भट्टराई लगायत उपस्थित थिए ।

प्रकाशित : फाल्गुन ७, २०७८ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?