२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०४

मछिन्द्र लिग उपाधितर्फ उन्मुख

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले सहिद स्मारक लिग ए डिभिजन ०७८ को शनिबार दशरथ रंगशालामा भएको खेलमा च्यासललाई २-० गोल अन्तरले हराएको छ ।

मछिन्द्र लिग उपाधितर्फ उन्मुख

यो जितपछि मछिन्द्रको १० खेलबाट २६ अंक भएको छ र टिम उपाधितर्फ उन्मुख छ । मछिन्द्रको जितमा विमल घर्तीमगरले १६ र सुनिल बलले ३५ औं मिनेटमा गोल गरे ।

मछिन्द्रको यो लगातार पाँचौं जित हो । यस्तै मछिन्द्रले पछिल्ला ९ खेलमा कुनै गोल खाएको छैन । अंक तालिकाको पुछारमा रहेको च्यासल भने १० खेलबाट ५ अंकमै सीमित रह्यो ।

हारले च्यासल भने रेलिगेसनतर्फ अग्रसर भएको छ । लिगको शनिबार नै सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटोले पुलिसलाई १-० गोल अन्तरले हरायो । त्यसमा सातदोबाटोका लागि आकाश बुढामगरले पेनाल्टीबाट १९ औं मिनेटमा गोल गरे ।

पुलिसका हेमन्त श्रेष्ठले आफ्नो पेनाल्टी एरियामा आकाशलाई लडाएपछि सातदोबाटोले खेलमा अग्रता लिने अवसर पाएको थियो । यो जितपछि सातदोबाटोको १५ अंक भएको छ भने पुलिस १० अंकमै सीमित रह्यो ।

प्रकाशित : माघ २९, २०७८ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?