हजारौं खेलमा भारत विजयी- खेलकुद - कान्तिपुर समाचार

हजारौं खेलमा भारत विजयी

रोयटर्स

अहमदावाद — कप्तान रोहित शर्माले टिममा आफ्नो पुर्नआगमनलाई सम्झनालायक बनाउँदै अर्धशतक बनाएपछि भारतले पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा आइतबार वेस्ट इन्डिजलाई छ विकेटले पराजित गरेको छ । यससँगै भारतले तीन खेलको शृंखलामा १–० को अग्रता पनि लिएको छ । यो भारतको हजारौं एकदिवसीय अन्तर्राष्ट्रियमा खेल पनि थियो ।

जितका लागि १ सय ७७ रन पछ्याइरहेको भारतले २२ ओभरको खेल बाँकी छँदै जित आत्मसात् गरेको थियो । भारतले ठोस सुरुआत लिए पनि अन्त्यतिर कम समयमा छिटो छिटो केही विकेट गुमाएको थियो । रोहितले ६० रन बनाउने क्रममा केही आकर्षक सट प्रहार गरे र उनलाई २८ रन बनाएका इशान किशनले बलियो साथ दिए । त्यसपछि खेलमा वेस्ट इन्डिजका बलर अल्जरी जोसेफ छाए । उनले एकै ओभरमा रोहित र आठ रन बनाएका विराट कोहलीलाई आउट गरे । यससँगै खेलमा केही रोमाञ्चकता थपिएको थियो । तर भारतले जितका लागि भने संघर्ष गर्नु परेन् ।


घरेलु टिमका लागि सूर्यकुमार यादव ३४ रन बनाएर अविजित रहे । यस्तै डेब्यु गरिरहेका दीपक होडा पनि २६ रनमा अविजित रहे । जितपछि कप्तान रोहितले भने, ‘यो खेलमा हाम्रो जित उत्कृष्ट रहेन् । खेल सधैं उत्कृष्ट रहन सकिन्न । हामी टिममा प्रत्येक समय सुधार चाहन्छौं । व्यक्तिगत रूपमा आज सबै खेलाडीको प्रदर्शन ठीक रह्यो । त्यसैले यो जितमा हामी सबै खुसी पनि छौं ।’ कोहलीबाट रोहितले एकदिवसीय क्रिकेटको कप्तानी पाएका हुन् ।

यसअघि लेग स्पिनर युजभिन्दर चाहलले आफ्नो सयौं एकदिवसीय अन्तर्राष्ट्रिय विकेट लिए र उनले वेस्ट इन्डिज ब्याटिङ क्रमलाई ध्वस्त पारे । उनले ४९ रन खर्चेर चार विकेट लिए । वासिङटन सुन्दर पनि सफल बलर रहे । उनले ३० रनमा तीन विकेट लिए र बलरलाई मदत गरिरहेको पिचको खुबै फाइदा लिए । वेस्ट इन्डिजको भने सुरुआत राम्रो रहेन् र एक समय ७९ रन मात्र बनाउँदा उसले सात विकेट गुमाएको थियो र पूरा टिम कमजोर स्थितिमा थियो ।

तर ५७ रन बनाएका जेसन होल्डरले २९ रन बनाएका फाबिन एलेनसँग मिलेर टिमको स्कोरलाई १ सय ५० रन मात्र माथि पुर्‍याए । प्लेयर अफ द म्याच रहेका चाहलले भने, ‘मेरो काम विपक्षी टिमलाई दबाबमा राख्नु थियो । वासिङटनले एकै ओभरमा दुई विकेट लिए र वेस्ट इन्डिजमाथि दबाब सिर्जना गरेको थियो । उनको प्रदर्शन देखेर मलाई अझ राम्रो खेल्न प्रेरित गरेको थियो ।’ दोस्रो खेल यही मैदानमा बुधबार हुनेछ ।

प्रकाशित : माघ २४, २०७८ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्

विवादको भुमरीबीच नेसन्स कप

रोयटर्स

जोहानेसबर्ग — अफ्रिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता अफ्रिकन कप अफ नेसन्स आइतबारदेखि क्यामरुनमा सुरु हुँदै छ । यो स्पर्धा हुनेछ विवादको भुमरीबीच । विवाद कस्तो भने गलत समयमा भएको प्रतियोगिताका लागि खेलाडीको बोलावट, आयोजक देशको तयारीमा कमजोरी अनि कोरोना भाइरस संक्रमण महामारीको सम्भावित अर्को लहर । एउटा तथ्य पक्कै निश्चित छैन । यो हो, फेब्रुअरी ६ मा फाइनल हुनेछ, सम्भावित विजेताबारे पटक्कै अनुमान गर्न सकिन्न ।

यो प्रतियोगिताको विशेषता भनेकै बलियो मानिएका टिमको कमजोर प्रदर्शन छ । त्यसैले केही पनि भविष्यवाणी गर्न गाह्रो छ । अल्जेरिया प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । सन् २०१९ मा इजिप्टमा भएको पछिल्लो प्रतियोगितायता यो टिम अपराजित थियो । यो निकै लामो छ । टिम आफैं म्यानचेस्टर सिटीका रियाद महारेजको नेतृत्वमा छ । पछिल्ला २४ महिनामा यो टिमले बिरलै कुनै बलियो चुनौती र अवस्थाको सामना गर्नुपरेको छ ।

तर, प्रतियोगितामा अल्जेरियाले बलियोभन्दा बलियो चुनौती सामना गर्नुपर्नेमा दुविधा रहने छैन । इजिप्ट, मोरक्को र ट्युनिसियासँग अन्य उत्तर अफ्रिकी देश पनि उपाधिका बलिया प्रत्याशी हुन्, तर यी सबै टिमले पछिल्ला संस्करणमा राम्रो गर्न सकेका छैनन् । त्यसमध्ये पनि मोरक्को यसअघि पनि प्रतियोगितामा बलियो प्रत्याशी रहेको थियो । तर, प्रत्येकपल्ट टोलीको प्रदर्शन निराशाजनक साबित भएको छ । पश्चिमी अफ्रिकी देश घाना, आइभोरी कोस्ट र नाइजेरिया सबै पूर्वविजेता हुन् ।

त्यसैले यी टिममा सबैको नजर हुनेछ, तर यी टिमको प्रदर्शन पनि पछिल्लो समय ठीक छैन । गत महिनामात्रै नाइजेरियाले आफ्ना प्रशिक्षक ग्रेनोट रोहरलाई बर्खास्त गरेको थियो । विश्वकप छनोटको समूह चरणमा विजेता रहे पनि त्यसपछि टिमको लगातार खराब प्रदर्शनपछि प्रशिक्षकले आफ्नो जिम्मेवारी गुमाएका हुन् । आयोजक क्यामरुन पनि उत्तिकै खराब लयबाट गुज्रिइरहेको छ । टोलीमाथि पनि आफ्नो घरमा राम्रो प्रदर्शनका लागि चर्को दबाब रहनेछ ।

विश्वकप छनोटमा नोभेम्बरमै मात्र आइभोरी कोस्टलाई हराएको हुनाले टिम आफैं पनि उत्साही छ । सेनेगल सन् २०१९ को उपविजेता हो, त्यसैले यो पनि उपाधिका लागि सबल दाबेदार रहनेछ । फ्रान्समा जन्मेहुर्केका सेनेगली मूलका खेलाडीलाई टिममा भित्र्याउन सफल रहेका हुनाले यो टिम अत्यधिक बलियो देखिएको हो । लिभरपुलका साडियो मानेले टिमका लागि महत्त्वपूर्ण भूमिका निभाउन सक्नेछन्, देशलाई पहिलो अफ्रिकन कप अफ नेसन्स उपाधि दिलाउन ।

प्रतियोगिता आयोजकदेखि सबै सहभागी र अफ्रिकी फुटबलप्रेमीको एउटै इच्छा हो, यसक्रममा कोभिड–१९ को महामारी चर्को नहोस् । देश फर्केका केही प्रमुख खेलाडी यसैबाट संक्रमित पाइएपछि धेरै टिमको तयारी कमजोर बनेको छ ।

प्रकाशित : पुस २५, २०७८ ०७:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×