कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७
अफ्रिका कप अफ नेसन्स

क्यामरुन तेस्रो स्थानमा

एजेन्सी

याउन्डे — क्यामरुनले तीन गोलले पछाडि रहेको स्थिति उल्टाएर खेलमा फर्कदै शनिबार अफ्रिका कप अफ नेसन्समा बुर्किनो फासोलाई टाइब्रेकरमा हराएर तेस्रो स्थान हात पारेको छ ।

क्यामरुन तेस्रो स्थानमा

स्टिभ यागो र जिब्रिल क्वाटाराको एक एक गोल तथा अर्को एक आत्मघाती गोलको मद्दतले बुर्किनो फासो तीन गोलले अगाडि रहेको थियो । तर क्यामरुन अविश्वसनीय ढंगले खेलमा फकर्न सफल रह्यो । त्यसमा स्टेफान बाहोकेनले एक तथा कप्तान भिनसेन्ट अबोबाकरले दुई गोल गरे । अबोबाकरका दुई गोल खेलको अन्तिम पाँच मिनेटमा सम्भव भएको थियो । खेल अतिरिक्त समयमा नभएर सिधै पेनाल्टीमा गएको थियो । त्यसमा क्यामरुन ५–३ ले विजयी रह्यो ।

पेनाल्टीमा बुर्किनो फासोका लागि बलाटी टुरेले गोल गर्न सकेनन् । क्यामरुन पाँच पल्टको विजेता हो र यस जित आफ्नै घरेलु मैदानमा भएको प्रतियोगितामा सान्त्वना पुरस्कार रह्यो । आइतबार प्रतियोगिताको फाइनल हुनेछ । प्रतियोगितामा कीर्तिमान सात पल्टको विजेता इजिप्टले सेनेगलको सामना गर्नेछ ।

प्रकाशित : माघ २३, २०७८ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×