२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६४

बार्टी अस्ट्रेलियन ओपन च्याम्पियन  

एएफपी

मेलबर्न — एस्ली बार्टीले ४४ वर्षयता अस्ट्रेलियन ओपन जित्ने पहिलो घरेलु खेलाडी हुनुलाई आफ्नो सबैभन्दा ठूलो सपना पूरा भएको मानेकी छन् । विश्व नम्बर एक खेलाडी बार्टी दोस्रो सेटमा एक समय २७ औं वरीयताकी अमेरिकी डेनियल कोलिन्सविरुद्ध ५–१ ले पछाडि परेकी थिइन् । तर, उनले उत्कृष्ट पुनरागमन रच्दै खेल ६–३, ७–६ (७/२) ले जितिन् ।

बार्टी अस्ट्रेलियन ओपन च्याम्पियन  

उनले जितेको यो तेस्रो ग्रान्ड स्लाम हो । यसअघि २५ वर्षीया बार्टीले सन् २०१९ मा फ्रेन्च ओपन र गत वर्ष विम्बल्डन जितेकी थिइन् ।

बार्टीअगाडि क्रिस्टिन ओ’निलले अन्तिम पटक घरेलु खेलाडीका रूपमा अस्ट्रेलियन ओपन जितेकी थिइन् । उनले सन् १९७८ मा यो उपलब्धि हात पारेकी थिइन् ।

उपविजेतामा सीमित कोलिन्सले भावनात्मक हुँदै प्रतिक्रिया दिइन्, ‘बार्टीलाई उपाधिका लागि धेरै बधाई । उनले पूरा प्रतियोगितामा निकै उत्कृष्ट प्रदर्शन गरिन् ।’

प्रकाशित : माघ १५, २०७८ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×