कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोरिससविरुद्ध १ गोल गर्दै नेपालको अग्रता

काठमाडौँ — दशरथ रंगशालामा जारी नेपाल र मोरिससबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले मोरिससलाई १ गोल गर्दै अग्रता लिएको छ । पहिलो हाफमा दुई वटा अवसर सदुपयोग गर्न नसकेको नेपाली टोलीले दोस्रो हाफ सुरु भएको केही बेरमै एक गोल गरेको हो ।

मोरिससविरुद्ध १ गोल गर्दै नेपालको अग्रता

खेलको ५५ औं मिनेटमा सुमन लामाले दिएको पासमा विमल घर्तीमगरले गोल गरेका हुन् । कोरोना महामारीका बावजुद शनिबार रंगशालामा नेपाली खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति थियो । कोरोना संक्रमण जोखिमका कारण दशरथ रंगशालामा एकतिहाइ (करिब ५ हजार) दर्शकहरूलाई मात्रै प्रवेश अनुमति दिइएको थियो।

गत अक्टोबर १६ मा भारतविरूद्धको फाइनल खेलेपछि नेपाली टिम पहिलो पटक मैदान उत्रिएको हो। मोरिसस भने दुई वर्षपछि अन्तर्राष्ट्रिय खेलका लागि उत्रिएको हो ।

प्रकाशित : माघ १५, २०७८ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?