कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियन ओपन : बार्टी र कोलिन्स फाइनल भिड्ने

एएफपी

मेलबर्न — अस्ट्रेलियाकी एस्ली बार्टीले पहिलोपल्ट अस्ट्रेलियन ओपनको फाइनल यात्रा तय गर्ने क्रममा बिहीबार म्याडिसन केयसमाथि एकपक्षीय जित निकालेकी छन् ।

अस्ट्रेलियन ओपन : बार्टी र कोलिन्स फाइनल भिड्ने

उपाधिको भिडन्तमा उनको सामना अमेरिकी डेनियल कोलिन्सविरुद्ध हुनेछ । विश्व नम्बर एक बार्टी ५१ औं वरीयताकी अमेरिकी केयसमाथि ६२ मिनेटमात्र चलेको खेलमा ६–४, ६–१ को जित निकाल्न सफल रहिन् ।

बार्टी सन् १९८० यता अस्ट्रेलियन ओपनको फाइनल पुग्ने पहिलो अस्ट्रेलियन खेलाडी बनेकी छन् ।

अमेरिकी कोलिन्स भने अहिले पुनरागमनको प्रयासमा छिन्, उनी गत वर्ष मात्र चोटमुक्त हुन शल्यक्रियाबाट गुज्रिएकी थिइन् । उनले पोल्यान्डकी सातौं वरीयताकी इगा स्वाटेकलाई ६–४, ६–१ ले पराजित गरिन् । सन् २०१९ मा मेलबर्नमा सेमिफाइनलसम्म पुगेकी कोलिन्स आफ्नो पहिलो ग्रान्ड स्लाम फाइनल पुगेकी छन् ।

सन् २०१९ को फ्रेन्च ओपन र २०२१ को विम्बल्डन विजेता बार्टी उत्कृष्ट लयमा छिन् । अहिलेसम्म खेलेका ६ खेलमा केवल एकैपल्ट मात्र सर्भिस गुमाएकी छन् ।

पुरुषतर्फ शुक्रबार कीर्तिमान २१ ग्रान्ड स्लामको दौडमा रहेका स्पेनका राफेल नडालले इटालीका माटेओ बेरेटिनीविरुद्ध सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : माघ १३, २०७८ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?