राष्ट्रिय महिला हक्की प्रतियोगिता : उपाधिका लागि आर्मी र सुदूरपश्चिम भिड्ने
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
पर्सा — वीरगन्जमा जारी चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधिका लागि शनिबार नेपाल आर्मी र सुदूरपश्चिम भिड्ने भएका छन् । शुक्रबार वीरगन्जको आदर्शनगर रंगशालामा भएको पहिलो सेमिफाइनलमा आर्मीले गण्डकी प्रदेश टिमलाई ० को विरुद्ध ३ गोलले पराजित गरेपछि फाइनलमा नेपाली आर्मी र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![राष्ट्रिय महिला हक्की प्रतियोगिता : उपाधिका लागि आर्मी र सुदूरपश्चिम भिड्ने](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/third-party/competetion-2112022122900-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
एकतर्फीजस्तै बनेको खेलमा आर्मीले खेल अवधिभर आफ्नो नियन्त्रणमा राख्यो । उसका लागि खेलको आठौं मिनेटमा सिताकुमारी चौधरीले पहिलो गोल गरेर खाता खोलिन् । २५ मिनेटमा अन्जना चन्द ठाकुरीले र ४६औं मिनेटमा निलिमा पाण्डेले गोल गरेर आर्मीको विजय सुनिश्चित गरेका थिए । आर्मीकी सिताकुमारी चौधरी ‘उमन अफ द म्याच’ घोषित भइन् ।
दोस्रो सेमिफाइनलमा मधेस प्रदेशलाई ०-२ गोल अन्तर्गत पराजित गरी सुदूरपश्चिमले फाइनलमा आफ्नो स्थान सुरक्षित बनायो । सुदूरपश्चिमका लागि खेलको १५औं मिनेटमा लक्ष्मी बम र ५६औं मिनेटमा सुनिता नेगीले गोल गरेका थिए । गृह प्रवेश मैदानमै मधेस प्रदेश टिम भने गोलरहित भई निरीह सावित भयो ।
शनिबार मध्याह्न १२ बजे उपाधिका लागि प्रतिस्पर्धा हुने प्रतियोगिता सहआयोजक संस्था सानो पाइलाका कार्यक्रम प्रमुख रौनकराज सर्राफले जानकारी दिए ।
वीरगन्जमा जारी चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो सेमिफाइनलमा भिड्दै नेपाल आर्मी र गण्डकी प्रदेशका खेलाडी ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)