कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

शक्ति गौचनलाई पराजित गर्दै रुपन्देही क्रिकेट संघमा हरिबहादुर थापा निर्वाचित

माधव ढुंगाना

रुपन्देही — लामो उमेरसम्म क्रिकेट खेल्दै नेपालको क्रिकेट क्षेत्रमा महत्वपुर्ण भूमिका  निभाएका क्रिकेटर शक्ति गौचनलाई पराजित गर्दै रुपन्देही क्रिकेट संघको अध्यक्षमा व्यवसायी हरिबहादुर थापा निर्वाचित भएका छन् ।

शक्ति गौचनलाई पराजित गर्दै रुपन्देही क्रिकेट संघमा हरिबहादुर थापा निर्वाचित

बुधबार भैरहवामा सम्पन्न संघको चौथो अधिवेशनबाट ६४ मत प्राप्त गरी अध्यक्षमा थापा निर्वाचित भएका हुन् । गौचनले ४० मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा ६० मत प्राप्त गरेका धिरज अधिकारी क्षेत्री, सचिवमा ६५ मत प्राप्त गरी सञ्जय गुरुङ र कोषाध्यक्षमा ५३ मत प्राप्त गरी निरजप्रताप खाण निर्वाचित भएका छन् । उनीहरुका प्रतिद्वन्दी क्रमश : राजु खड्काले ४४, दिपक शर्मा भुर्तेलले ३९ र दिपेन्द्र लाम्गादेले ४९ मत प्राप्त गरेका थिए ।

क्रिकेट संघमा थापा र गौचनले प्यानल खडा गरी निर्वाचनमा उत्रिएका थिए । पदाधिकारीमा अध्यक्षसहित सबै थापा समूहका निर्वाचित भएका छन् । संघको महिला सदस्यमा उमा अधिकारी निर्विरोध निर्वाचत भएकी छन् ।

सदस्यहरुमा भरत थापा, विजय सिंह ज्ञवाली, पुनित पोखरेल, निराकार पन्त, शेषमणि चौधरी, प्रथम पराजुली, मनोज भण्डारी, उदय कुमार मल्लिक, कमल पाण्डे र श्रीराम नेपाली निर्वाचित भएको छन् ।

प्रकाशित : माघ ६, २०७८ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?