कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्णमान स्मृति टेबलटेनिस स्थगित

काठमाडौँ — काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा हुने ११औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता स्थगित भएको छ ।

केबी साम अल्मुनियम इन्डस्ट्रिजको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिता कोरोना भाइरसको संक्रमण बढिरहेकाले स्थगित गर्नुपरेको आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । उनका अनुसार स्थिति अनुकूल भए प्रतियोगिता फागुन पहिलो सातामा गर्ने तयारी छ ।

‘सबैका लागि टेबलटेनिस’ भन्ने नारासाथ हुन लागेको प्रतियोगिता माघ १ देखि ८ सम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने तय भएको थियो ।

प्रकाशित : पुस ३०, २०७८ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?