कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रिन्सका लागि संघ सक्रिय हुने

काठमाडौँ — विश्व ब्याडमिन्टन महासंघको यू–१९ वरीयताको शीर्षस्थानमा परेपछि नेपाल ब्याडमिन्टन संघले बिहीबार प्रिन्स दाहाललाई औपचारिक रूपमा बधाई दिएको छ ।

प्रिन्सका लागि संघ सक्रिय हुने

संघले भनेको छ, प्रिन्सको खेल विकासका लागि संघ थप सक्रिय रहनेछ । संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले विज्ञप्ति जारी गर्दै प्रिन्सलाई बढीभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउन प्रयास गरिने जनाएका छन् ।

संघले प्रिन्सलाई ओलम्पिक छात्रवृत्ति मिलाउन प्रयास गर्ने बताएको छ । अहिले तत्काल प्रिन्सले एसिया ओलम्पिकअन्तर्गत वार्षिक तीन हजार डलरको छात्रवृत्ति भने प्राप्त गरिसकेका छन् । यसवापतको रकम संघमार्फत वर्षको अन्त्यमा प्राप्त हुनेछ । त्यसअगाडि संघले प्रिन्सलाई अन्तर्राष्ट्रिय सहभागिता दिलाउन खर्च गर्नेछ ।

यस्तै सघंले प्रिन्सको भविष्य र वृद्धि विकासका लागि राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, ब्याडमिन्टन एसिया र विश्व ब्याडमिन्टन महासंघसँग सहकार्यको प्रयास गर्नेछ । नेपाली कर्पाेरेट क्षेत्रसँग पनि प्रिन्सको खेल विकासका लागि प्रायोजन अनुबन्धका लागि प्रयास गर्ने भएको छ ।


प्रकाशित : पुस २९, २०७८ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?