कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोकोभिचको भिसा रद्द गर्ने सरकारको निर्णय अस्ट्रेलियाली अदालतले उल्टायो

काठमाडौँ — सर्बियाली टेनिस स्टार नोभाक जोकोभिचलाई तत्काल रिहा गर्न अस्ट्रेलियाको अदालतले आदेश दिएको छ । कोरोना भाइरसविरुद्ध खोप नलगाएका कारण गत हप्ता अस्ट्रेलिया सरकारले जोकोभिचको भिसा रद्द गरेको थियो । अस्ट्रेलिया सरकारको उक्त निर्णयविरुद्ध जोकोभिच अदालत पुगेका थिए ।

जोकोभिचको भिसा रद्द गर्ने सरकारको निर्णय अस्ट्रेलियाली अदालतले उल्टायो

न्यायाधीश एन्थोनी केलीले सरकारको निर्णय खारेज गर्दै आदेशको ३० मिनेटभित्र उनलाई रिहा गर्न आदेश दिएका हुन् । अदालतले स्थानीय समयअनुसार साँझ ५:१६ मा फैसला सुनाएको हो । जोकोभिचलाई प्रवासन हिरासत केन्द्रमा राखिएको थियो ।

न्यायाधीश केलीले जोकोभिचलाई भिसा रद्दबारे सूचना दिँदा पर्याप्त समय नदिइएको फैसलामा उल्लेख गरेका छन् । अदालतको आदेशसँगै जोकोभिचले आउँदो हप्तादेखि मेलबर्नमा हुने अस्ट्रेलियन ओपन टेनिस खेल्न पाउने सिड्नी मोर्निङ हेराल्डले जनाएको छ ।

अदालतले सरकारको निर्णय रद्द गरिदिए पनि आप्रवासनसम्बन्धी मन्त्री एलेक्स हकले आप्रवासन ऐनअन्तर्गत रहेर विशेषाधिकार प्रयोग गर्दै जोकोभिचलाई फिर्ता पढाउन सक्नेछन् । मन्त्री हकले यससम्बन्धी परामर्श गरिरहेको पनि बताइएको छ । मन्त्री हकले विशेषाधिकार प्रयोग गर्दै जोकोभिचलाई ३ वर्षसम्म अस्ट्रेलिया प्रवेशमा रोक लगाउन सक्नेछन् ।

प्रकाशित : पुस २६, २०७८ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?