कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'ए' डिभिलन लिग : आजदेखि आठौं चरणका खेल

काठमाडौँ — सहिद स्मारक लिग 'ए' डिभिजन लिग ०७८ को आठौं चरणको खेल शुक्रबारदेखि सुरु हुँदैछ । त्यस अन्तर्गत सुरुआती दुई खेल दशरथ रंगशालामा हुनेछ । पहिलो खेलमा संकटाले सातदोबाटोको सामना गर्नेछ ।

'ए' डिभिलन लिग : आजदेखि आठौं चरणका खेल

अहिलेसम्म अपराजित संकटा तेस्रो स्थानमा छ । उसको सात खेलबाट १३ अंक छ । उपाधिको होडमा रहन संकटाले सातदोबाटोलाई हराउनु पर्नेछ । सातदोबाटो आठ अंकमा आठौं स्थानमा छ ।

दोस्रो खेलमा एपीएफ र जवलाखेल भिड्ने छन् । एपीएफ सात खेलबाट छ अंक जोडेर दसौं स्थानमा छ । जावलाखेल भने सात खेलबाट सात अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित : पुस २३, २०७८ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?