कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दमक र झापा भिड्ने

विराटनगर — झापाको सुरुङ्गामा जारी प्रदेश १ स्तरीय अन्तरपालिका खुला कनकाई कप भलिबलको उपाधिका लागि दमक नगरपालिका र झापा गाउँपालिका भिड्ने भएका छन् ।

पहिलो सेमिफाइनलमा मंगलबार दमकले बेलबारी नगरपालिकालाई सोझो सेटमा पराजित गर्‍यो । दमकले २५–१७, २५–१७, २५–२१ को सोझो सेटमा जित निकालेको थियो । दमकबाट राष्ट्रिय खेलाडी धनबहादुर भट्ट, हरिबहादुर थापा, पुकार तामाङ र हरिहजुर थापाले खेलेका थिए । म्यान अफ द म्याच दमकका हरिहजुर भए ।

त्यस्तै झापाले दोस्रो सेमिफाइनलमा आमचोकलाई २५–१५, २५–२३, २५–१९ सोझो सेटमा हरायो । झापाबाट भारतीय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । झापाको जितमा कप्तान रोहित शिवाकोटी, ज्योतिष रोय र सागरकिरण भट्टराईले उत्कृष्ट प्रदर्शन गरे । म्यान अफ द म्याच सागरकिरण भए ।

बेलबारी र आमचोकले बुधबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । ६ टिमको सहभागिता रहेको प्रतियोगिता विजेताले १ लाख १ हजार १ सय ११ तथा उप–विजेताले ५१ हजार रुपैयाँ हात पार्नेछन् ।

प्रकाशित : पुस २१, २०७८ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?