मछिन्द्र पहिलोपटक एएफसी कप छनोटमा

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले यसै वर्षको एएफसी कप छनोट खेल्ने भएको छ । सहिद स्मारक ए डिभिजन लिग ०७८ को सातौं चरणको समाप्तीमा मछिन्द्र शीर्ष स्थानमा रहने भएपछि उसले एएफसी खेल्ने निश्चित भएको हो ।

मछिन्द्र पहिलोपटक एएफसी कप छनोटमा

मछिन्द्रले आइतबार दशरथ रङ्गशालामा भएको खेलमा पुलिसलाई १-० गोल अन्तरले हरायो । यो जितपछि मछिन्द्रको ७ खेलबाट १७ अंक भएको छ । यसअघि पहिलो स्थानमा रहेको मनाङ मर्स्याङ्दी १६ अंकसहित दोस्रो स्थानमा झरेको छ ।

सुनिल बलले पहिलो हाफको २१ औं मिनेटमा गोल गरेका थिए । उनले विशाल राईको फ्रि किकमा हेडबाट गोल गरेका हुन् । यो उनको लिगमा पाँचौं व्यक्तिगत गोल हो र उनी यस लिगमा सर्वाधीक गोल गर्ने सूचीको शीर्षमा उक्लेका छन्।

यो हारपछि पुलिस ७ खेलबाट ६ अंकमै सीमित रह्यो र उसमाथि रेलिगेसन तनाव सुरु भएको छ। जितले मछिन्द्रको उपाधि यात्रा उसको पकडमा आएको छ । यस्तै यस जितपछि लिगमा मछिन्द्रको अपराजित यात्रा १३ खेल पुगेको छ । मछिन्द्रले पहिलोपटक एएफसी कप छनोट खेल्न लागेको हो ।

प्रकाशित : पुस १८, २०७८ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?