कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

मेयर कपको उपाधि भलिबलप्रेमी काभ्रेलाई

काभ्रे — बनेपामा सम्पन्न मेयर कप काभ्रे जिल्लाव्यापी पुरुष भलिबल प्रतियोगिताको उपाधि भलिबलप्रेमी काभ्रेको टिमले जितेको छ । 

वेस्ट अफ फाइभको आधारमा खेलाइएको अन्तिम खेलमा बनेपा नगरपालिकाको टिमलाई हराउँदै भलिबलप्रेमीले उपाधि जितेको हो । पहिलो सेट जितेको बनेपालाई भलिबलप्रेमीले दोस्रो सेटमा रोक्यो । तेस्रो सेट बनेपाले जित्यो भने चौथो सेट प्रतिस्पर्धाका बीच भलिबलप्रेमीले जित्यो । अन्तिम सेट १६–१४ ले जित्दै भलिबलप्रेमीले उपाधि हात पारेको हो ।

लायकु क्लब बनेपाको आयोजना तथा बनेपा नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा जिल्लाका विभिन्न पालिकाका ८ टिमको सहभागिता थियो । प्रथम, द्वितीय, तृतीय र चौथो हुने टोलीले क्रमश: ५०, २५, १५ हजार र ७ हजार ५ सय नगदसहित ट्रफी र मेडल प्राप्त गरेका छन् । खानीखोला गाउँपालिकाको टिम तेस्रो र दलिनचोक भलिबल क्लब चौथो भयो । उत्कृष्ट खेलाडी भलिबलप्रेमीका संस्कार थापा भए ।

उत्कृष्ट सेटर भलिबलप्रेमीका धर्मराज थापा, उत्कृष्ट स्ट्राइकर बनेपाका राम श्रेष्ठ, उत्कृष्ट ब्लकर भलिबलप्रेमीका सञ्जय अर्याल र उदयमान खेलाडी बनेपाका एलन आलेमगर घोषित भए ।

विजयी टिम र खेलाडीलाई नगर प्रमुख लक्ष्मीनरसिं वादे, उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित : पुस १७, २०७८ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?