कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बहादुरगज तेस्रोपटक च्याम्पियन

सौराहा — दसौं अन्तर्राष्ट्रिय हात्ती दौडको फाइनल प्रतिस्पर्धामा दर्शकको अनुमानबमोजिम चितवन निकुञ्जले प्रतिनिधित्व गरेको बहादुरगज सोमबार तेस्रोपटक च्याम्पियन बनेको छ । २० वर्षीय बहादुरगज ९ औं र ७ औं हात्ती दौडमा च्याम्पियन बनेको थियो ।


अन्तिम चरणमा ६ हात्ती दौडेका थिए । अन्य हात्तीलाई ५० मिटर पछाडि पार्दै बहादुरगजले उपाधिमा ह्याटि्रक गरेको थियो ।
'डाइटमा ध्यान दिन्छु,' आपmनो हात्ती च्याम्पियन बनेपछि हषिर्त माहुते ठगा चौधरीले भने,'खासै अभ्यास गर्नुपर्दैन ।' हात्तीले फाइनलमा निर्धारित ३ सय मिटर दूरी १ मिनेट ५ सेकेन्डमा पार गरेको थियो । सहभागी अन्य हात्ती निकै पछाडि देखेपछि माहुतेले अन्तिम समयमा हात्तीलाई बिस्तारै दौडाएका थिए । उनले दौडका लागि विशेष अभ्यास नभई साँझ-बिहान घाँस लिन निकुञ्ज जाने गरेको बताए । हात्ती दौडअन्तर्गत आपmना सबै स्पर्धामा अब्बल बनेपछि बहादुरगज स्थानीय बाघमारा मैदानमा 'स्टार' बनेको थियो ।
च्याम्पियन बनेलगत्तै माहुतेको प्रतिक्रिया लिन सञ्चारकर्मीको भीड लागेको थियो । दर्शक हात्ती छेउमा उभिएर तस्बिर खिच्न मस्त थिए । बहादुरगज आइतबार भएको सेमिफाइनल प्रतिस्पर्धामा पनि पहिलो भएको थियो । यसअघि समूह 'ए' र 'बी' को सेमिफाइनल स्पर्धामा पहिलो स्थान हासिल गरेको हाइवे स्टारको हात्ती एकताकलीले दोस्रोमा चित्त बुझायो । अघिल्ला २ प्रतियोगितामा च्याम्पियन बनेको फेवा टुर्स एण्ड ट्राभल्सको चम्पाकली हात्ती तेस्रो स्थानमा सीमित भयो ।
दौड सुरु हुनुअघि दर्शकको समर्थन पाएको रानी अस्ट्रेलियनको कोसीकली चौथो भयो । माउन्ट एभरेस्ट ब्रुअरीको मारुतीकली पाँचौं र कुलफिड एडभेन्चरको बम्बुजकली
छैटौं भए ।   
फुटबलमा लायन्सको जित
हात्तीका छावाबीचको रोमाञ्चक फुटबलको उपाधि लायन्स क्लब इन्टरनेसनलले जितेको छ । सोमबार भएको प्रतिस्पर्धात्मक फाइनलमा लायन्सले किस्ट बैंकलाई २-१ ले पराजित गर्‍यो । लायन्सका लागि खेलको पहिलो हाफमा लक्ष्मणगजले २ गोल गरेको थियो ।  

 

प्रकाशित : पुस १६, २०७० ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?