मुम्बईलाई हराउँदै कलैयाद्वारा उपाधि कब्जा

पवन यादव

बारा — कलैयामा भएको तीन दिवसीय मैत्रीपूर्ण टी-२० प्रतियोगिता अन्तर्गत सोमबार भएको अन्तिम खेलमा कलैया क्रिकेट क्लबले मुम्बईको अजहर क्रिकेट कल्बलाई १९ रनले पराजित गर्दै उपाधी कब्जा गरेको छ ।

कलैया क्रिकेटको आयोजना शनिवारदेखि सुरु भएको प्रतियोगितामा कलैयाले मुम्बईको टोलीलाई लगातार तीन पटक पराजित गर्‍यो ।

कलैयाको सिद्धेश्वर क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ्ग गरेको कलैया क्रिकेट क्लबले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो ।

एक सय ६८ रनको विजय लक्ष्य पछ्याएको अजहर क्रिकेट क्लबले २० ओभरको समाप्तीमा ६ विकेटको क्षति व्यहोर्दै एक सय ४८ रनमै समेटियो ।

अजहर क्रिकेट क्लबलाई कम रनमै समेट्न कलैया क्रिकेट क्लबका बलर कुमार थापाले चार ओभरमा २५ रन खर्चेर दुई विकेट लिएका थिए ।

अर्का बलर सुमीत श्रेष्ठले दुई ओभरमा दुई विकेट, विवेक दलीले चार ओभरमा एक विकेट, जितेन्द्र यादवले चार ओभरमा एक विकेट लिए ।

प्रतियोगितामा पहिलो व्याटिङ्ग गरेका कलैया क्रिकेट कल्बका ब्याट्सम्यान जितेन्द्र यादवले ४३ बलमा ५८ रन जोडे । सुमित श्रेष्ठले २१ बलमा ३० रन, समीर ठाकुर एक ओभरमा १८ रन र अनिल साहले १९ बल खेल्दै १८ रन जोडे ।

अजहरका लागि वाहिम पठानले तीन ओभर बल फाल्दै एक विकेट, महेश पाटिलले चार ओभर खेल्दै तीन विकेट, अनिल बागुलले चार ओभरमा एक विकेट र अनिल चौधरीले चार ओभरमा एक विकेट  लिए ।

आजको खेलमा कलैयाका जितेन्द्र यादव उत्कृष्ट खेलाडी भए ।
 

प्रकाशित : पुस १५, २०७० १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?