१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

अपेक्षित नतिजासँगै लिग सुरु

काठमाडौ — उपाधिको दाबेदार मानिएका दुई टिमको अपेक्षित जितसँगै सोमबार सहिद स्मारक रेडबुल 'ए' डिभिजन लिग सुरु भएको छ । लक्ष्मी हुन्डाई मनाङ-मस्र्याङ्दीले एनसेल कप फाइनलको प्रतिद्वन्द्वी ब्वाइज युनियनलाई पन्छायो भने आर्मीले जावलाखेलमाथि सहज जित निकाल्यो ।


अभ्यासका लागि मैदान नपाएर राम्रो तयारी गर्न नपाएको मनाङका लागि सुलभ श्रेष्ठले दसौं मिनेटमा निणर्ायक गोल गरे । उनले पेनाल्टी एरियाबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । मनाङ प्रशिक्षक हरिओम श्रेष्ठले लिगको पहिलो खेल सबैलाई गाह्रो हुने दाबी गरे ।
'प्रायः लिगको पहिलो खेल सबैलाई गाह्रो हुन्छ । त्यसमाथि हामीले मैदानको अभावमा राम्रो तयारी गर्न पाएनौं,' श्रेष्ठले भने, 'तर लिगमा जित महत्त्वपूर्ण हुन्छ, कति गोलले जित्यो, त्यो गौण हुन सक्छ । हामीलाई जित चाहिएको थियो, त्यो प्राप्त भयो ।' लिगको उद्घाटन खेल दुवै टिमका लागि मौका गुमाउने शृङ्खला बन्यो ।
तर ब्वाइज युनियनले एनसेल कपमा देखाएको जुझारुपन भने दोहोर्‍याउन सकेन । 'आज हाम्रा खेलाडीमा समन्वय भनेकै देखिएन,' प्रशिक्षक विजय महर्जनले भने । ब्वाइज युनियनमाथि मनाङ- मस्र्याङ्दीको यो लगातार १-० को तेस्रो जित हो । दोस्रो खेलमा भने आर्मीले खासै मिहिनेत गर्नुपरेन ।
उसको जितमा धेरै हदसम्म भरत खवास नायक रहे । उनले दुई गोल गरे र अर्को गोलको अवसर सिर्जना गरे । भरतले जावलाखेल डिफेन्सको कमजोरीमा ५४ औं मिनेटमा पहिलो गोल गरे । उनकै पासमा नवयुग श्रेष्ठले ७९ औं मिनेटमा दोस्रो गोल थपे । भरतको तेस्रो गोल ८९ औं मिनेटमा सम्भव भएको थियो ।
पदम तामाङको पि|mकिक जावलाखेल गोलरक्षक विकेश कुथुको राम्रोसँग क्लियर गर्न नसकेपछि त्यसलाई भरतले गोलमा परिणत गरेका थिए । जितपछि आर्मी प्रशिक्षक योगम्बर सुवालको प्रतिक्रिया थियो, 'हाम्रा प्रमुख खेलाडी घाइते छन् । टिममा पनि धेरै सुधार आवश्यक छ ।

प्रकाशित : पुस १६, २०७० ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?