२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

गहुँ चुट्दा थ्रेसरको पट्टामा अल्झिएर महिलाको मृत्यु

भवानी भट्ट

कञ्चनपुर — भीमदत्त नगरपालिका-९ ब्रहृमदेवमा गहुँ चुटने क्रममा थ्रेसरमा अल्झिएर एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो गहुँ थ्रेसिंङका क्रममा पट्टामा कपडा अल्झिएर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

गहुँ चुट्दा थ्रेसरको पट्टामा अल्झिएर महिलाको मृत्यु

मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय कौशादेवी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले बताए । उनका अनुसार गहुँ चुटने ट्रयाक्टर र चालक नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

यतिबेला किसानहरु गहुँ काटने र चुटने चटारोमा छन् । चुटाइका बेला असावधाीका कारण ज्यान जाने घटनाहरु समेत हुने गरेका छन् । यसतर्फ ट्रयाक्टर चालकदेखि कृषक सबैले सावाधी अपानाउन जरुरी छ । स्थानीय प्रशासनले पनि यसतर्फ निगरानी गर्नुपर्ने देखिन्छ ।


प्रकाशित : वैशाख २, २०८१ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?