कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बाजुराको जगन्नाथमा माटोको ढिस्कोले पुरिएको युवकको मृत्यु

अर्जुन शाह

धनगढी — बाजुराको जगन्नाथ गाउँपालिका–६ काप्रीमा माटोको ढिस्कोले पुरिएर बुधबार दिउँसो एक जना युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । कालीकोट पलाता गाउँपालिका २ घर भएका १८ वर्षीय वीरेन्द्र सार्कीको मृत्यु भएको हो । 

सार्कीको जगन्नाथको काप्रीका आफ्ना भिनाजु दीर्घ सार्कीको घर निर्माण गर्न जग खन्ने क्रममा एक्कासि माथिबाट माटोको ढिस्कोले च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी कवीन्द्र बोहराले बताए ।


प्रकाशित : फाल्गुन १७, २०८० ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×