कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाडामा बस्न आएका २ भारतीयले नशालु पदार्थ खुवाएर सुन र पैसा लुटे

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोबरियामा एक घरमा लुटपाट भएको छ । सोही घरमा भाडामा बस्न आएका दुई भारतीय नागरिकले बुधबार राति नशालु पदार्थ खुवाएर लुटपाट गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीका अनुसार दुई दिनअघि खगेश्वरी प्वालीको घरमा २ जना भारतीय भाडामा बस्न आएका थिए । उनीहरूले नै बुधबार राति लड्डु र चिसो पेय पदार्थमा नशालु पदार्थमा खुवाएर बेहोस बनाई लुटपाट गरेका हुन् ।

बिहीबार बिहान बेहोस अवस्थामा भेटिएका प्याली परिवार र उनको घरमा भाडामा बस्ने ८ जनालाई महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको अवस्था सामान्य रहेको छ ।

प्रारम्भिक अनुसन्धानमा घरबाट १० आनाको सुनको तिलहरी र ४ हजार नगद लुटिएको प्रहरीले जनाएको छ ।


प्रकाशित : जेष्ठ १८, २०८० १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?