कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्तव्य ज्यान मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ

भवानी भट्ट

कञ्चनपुर — कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ बनकट्टीका ५८ वर्षीय हर्कबहादुर ऐडीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनकै घर ठेगानाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताए । ऐडीको जल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। ऐडीविरुद्ध २०६२ भदौ २५ गते मुद्दा दर्ता भएको थियो। त्यही समयदेखि उनी फरार भएका थिए ।

सुरुमा करेन्ट लागेर मृत्यु भएको भनिएकी बनकट्टीकै उजलादेवी खड्काका आफन्तको जाहेरीका आधारमा मुद्दा दर्ता भएको थियो । अनुसन्धानका क्रममा वन्यजन्तुका लागि ऐडीले थापेको विद्युतीय धरापमा करेन्ट लागेर खड्काको मृत्यु भएको देखिएपछि प्रहरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको थियो ।


प्रकाशित : फाल्गुन ११, २०७९ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?