किशोरी मृत भेटिइन्

गणेश चौधरी

टीकापुर — कैलालीको टीकापुर नगरपालिका–१ ब्लक १६ की १६ वर्षीया पुजा थापा मृत अवस्थामा भेटिएकी छन् ।

घरदेखि करिब २ सय मिटर उत्तरतर्फ एक निर्माणाधीन घर नजिकैको खुल्ला चौरमा शुक्रबार उनको शव भेटिएको हो ।

उनी बिहीबार टीकापुरको ब्लक नं. १२ मा हजुरआमालाई भेट्न भन्दै बिहान १० बजे घरबाट निस्केकी थिइन् ।

मृतक थापा मावली घरमा बसेर जनजागृति मावि सितापुरमा कक्षा १२ मा अध्ययनरत थिइन् । उनका बुवा हर्कबहादुर थापा र आमा कामको सिलसिलामा भारतमा रहेका आफन्तले बताएका छन् ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

प्रकाशित : मंसिर १४, २०७५ १३:००
प्रतिक्रिया
पठाउनुहोस्

पाटन दरबार स्क्वायर घुमे कम्बाेडियाका प्रधानमन्त्री हुन सेन

तस्बिर : अंगद ढकाल

काठमाडौँ — कम्बोडियाका प्रधानमन्त्री हुन सेनले शुक्रबार बिहान पाटन दरबार स्क्वायर भ्रमण गरेका छन् । युनिभर्सल पिस फेडेरेसनको आयोजनामा काठमाडौंमा हुन लागेको ‘एसिया प्यासिफिक समिट २०१८’ मा सहभागी हुन उनी बिहीबार काठमाडौं आएका थिए । बिहान साढे १० बजेतिर दरबार स्क्वायर पुगेका उनले पाटनस्थित गाेल्डेन टेम्पलमा पूजासमेत गरेका छन् ।

प्रकाशित : मंसिर १४, २०७५ १२:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्