कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२ महिनामा १० करोड राजस्व

कान्तिपुर संवाददाता

धनगढी — प्रदेश सरकारले चालु आर्थिक वर्षको साउन र भदौमा १० करोड राजस्व संकलन गरेको छ  । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आइतबार पत्रकार सम्मेलनमार्फत राजस्व संकलनको अवस्थाबारे जानकारी गराएका हुन्  ।

२ महिनामा १० करोड राजस्व

संकलित राजस्वमध्ये सवारीसाधन करबापत् ४ करोड २५ लाख ६३ हजार, घरजग्गा दर्ता करबापत् ५ करोड ४ लाख २५ हजार ७ सय र दण्ड–जरिवाना तथा जफत करबापत् ४७ लाख ७६ हजार संकलन गरिएको हो । कृषि आय, मनोरञ्जन र अन्य प्रशासनिकलगायत कर स्थानीय तहहरूले संकलन गरिरहेको भए पनि पूरै विवरण प्राप्त नभएको मन्त्री बोहराले बताए ।


प्रदेश सरकारले चालु आर्थिक वर्षमा २६ अर्ब ६ करोड ५६ करोड राजस्वको अनुमान गरेको थियो । उक्त रकममध्ये ९४ दशमलल ८३ प्रतिशत राजस्वको अनुमान संघीय सरकारबाट प्राप्त हुने विभिन्न अनुदानमा आधारित रहेको मन्त्री बोहराले बताए । केन्द्र सरकारबाट प्राप्त हुने रकम २५ अर्ब ६ करोड ५६ लाख हो । कुल बजेटको ५ दशमलव १७ प्रतिशतमात्रै प्रदेश सरकारको क्षेत्राधिकारबाट संकलन हुने अनुमान गरेको थियो ।

प्रकाशित : आश्विन २३, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?