बेवारिसे शव भेट्टियो 

गणेश चौधरी

टीकापुर — कैलालीको टीकापुर नगरपालिका–३ शंकरपुरको जमरा कुलो किनारमा करिब २२ वर्षीय पुरुषको शव फेला परेको छ । 

प्रतिकात्मक तस्बिर

अर्धनग्न अवस्थामा भेटिएको शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

गोठाला गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको प्रकृति हेर्दा अर्को ठाँउबाट शव ल्याएर फालेको हुन सक्ने इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए।

प्रकाशित : जेष्ठ ६, २०७५ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्

किङ्गफिसर बियर नेपाली बजारमा  

कान्तिपुर संवाददाता

काठमाडौँ — एशियाकै ठूलो बियर कम्पनी मध्येको युनाइटेड ब्रुअरीज लिमिटेडले यति ब्रुअरीसँगको सहकार्यमा किङ्गफिसर बियर बजारमा ल्याएको छ । 

बिहीबार देखि प्रिमियम र स्ट्रङ्ग गरी दुई स्वादमा नेपाली बजारमा बियरको बिक्रि सुरु गरेको हो ।

किङ्गफिसर स्ट्रङ्गको उत्पादन गुणस्तरीय माल्टेड बार्लि तथा हप्सको प्रयोगबाट गरिएकाे कम्पनीले जनाएको छ ।


प्रकाशित : जेष्ठ ६, २०७५ १२:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्