कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बर्दघाटमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सडक र सार्वजनिक क्षेत्र अतिक्रमण गरेर बनाइएको संरचना हटाएको छ ।  पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दघाट बजार क्षेत्रमा डिभिजन वन कार्यालयको जग्गामा बनाइएका २४ वटा  टहरामा नगरपालिकाले डोजर लगाएको छ ।

बर्दघाटमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो

बर्दघाटको त्रिवेणी चोक दक्षिणतर्फ बसपार्क क्षेत्रका होटल तथा खाजाघर रहेको अस्थायी घर टहरा हटाइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना हटाउन ७ दिनको सूचना जारी गरेको र नहटाएपछि आवश्यक कदम चालिएको बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले बताए ।

सार्वजनिक जग्गामा निर्माण गरिएका अवैध संरचना हटाउने कार्यलाई अभियानकै रूपमा अघि बढाएको नगरपालिकाले जनाएको छ । संरचना हटाएको क्षेत्रका व्यवसायीले भने विकल्पबिना संरचना हटाइएको भन्दै विरोध जनाएका छ्न् ।

प्रकाशित : जेष्ठ १४, २०८१ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×