कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु नगरपालिका–३, महिता चोक नजिकको मोडमा शनिबार बिहान साढे ९ बजेतिर मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

जीतपुरबाट तौलिहवातिर आउँदै गर्दा लु ४४ प १३१४ नम्बरको मोटरसाइकल दुर्घटना हु‍ँदा रुपन्देहीको सैनामैना नगरपालिका–५, गडवाका २३ वर्षे कुमार थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनी मोटरसाइकलको पछाडि बसेका थिए । उनको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालमा उपचार हुँदा-हुँदै दिउँसो मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर ओलीले बताए ।

यस्तै, मोटरसाइकल चालक गडवा गाउँकै ३८ वर्षे निरकुमार थारु गम्भीर घाइते भएका छन् । उनको कपिलवस्तु अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारकालागि युनिभर्सल मेडिकल कलेज, भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

तीब्र गतिमा रहेको मोटरसाइकल घुम्तीमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुबै जना इँटा उद्योगमा काम गर्ने मजदुर भएको बताइएको छ ।

प्रकाशित : जेष्ठ १२, २०८१ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?