कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

खोलामा डुबेर एक किशोरको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ हरियाली पार्कस्थित तिनाउ खोलामा डुबेर शनिबार एक किशोरको मृत्यु भएको छ ।

खोलामा डुबेर एक किशोरको मृत्यु

साथीहरुसँग नुहाउन भनेर गएका तिलोत्तमा–५ नयाँमिल बस्ने नारायण भुषालका छोरा १७ वर्षीय दिब्याम्सको खोलामा डुबेर मृत्यु भएको हो ।

नुहाउन दुई जना साथीसँग भुषाल बिहान साढे ८ बजेतिर तिनाउ खोलामा गएका थिए । नुहाउने क्रममा दिब्याम्स खोलामा डुबेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मंगलापुरस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) दिपेन्द्र बानियाँको नेतृत्वमा खटिएको टोलीले दिब्याम्सलाई खोलामा मृत अवस्थामा फेला पारेको थियो ।

वरिष्ठ सई बानियाँको नेतृत्वमा ७ जनाको टोली घटनास्थलमा खटिएको थियो ।

प्रकाशित : जेष्ठ १२, २०८१ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?